अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २० गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।
हाल देशका पहाडी भु-भागमा आशिंक बदली रहेको छ भने बांकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
राती: प्रदेश नं ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
प्रदेश नं १, सुदुर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको साथै तराईका भू-भागहरुमा हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।