भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि आजदेखि नियमित सञ्चालनमा आउने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २४ गते।

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रसासन कार्यालय बैतडीले शुक्रबार सूचना जारी गर्दै बन्द अवस्थामा रहेको नाका खोल्न भारत सहमत भएको जनाएको छ। 

सहमतीअनुसार अब कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्द रहेको झुलाघाट नाकामा शनिबारदेखि नै आवतजावत गर्न सकिनेछ।

बिहान सवा ९ बजेदेखि साँझ सवा ५ बजेसम्म झुलाघाट नाका भएर आवतजावत गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *