अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ २६गते।
दशलाख मूल्य भन्दा बढी रकमको प्रतिबन्धित औषधीसहित विराटनगर–१० बाट १ जना औषधी व्यवसायी पक्राउ परेका छन् ।
विराटनगर–५ स्थायी घर भई विराटनगर–१० न्यूरो अस्पताल नजिकै रहेको एक घरमा डेरा गरी बस्दै आएका बिक्रम मण्डललाई प्रहरीले प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

नेपालमा प्रतिबन्धित औषधी भारतबाट चोरी पैठारी गरेर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले नियन्त्रणमा लिइएको प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
प्रहरीले औषधिमा टाँस्न प्रयोग गरिने स्टिकर बनाउने एचपी कम्पनीको एक थान कलर प्रिन्टरसमेत बरामद गरी आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको जनाएको छ ।