श्रोत नखुलेको २२ लाख रुपैयासहित एकजना रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ २७ गते।

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको परोहा नगरपालिका १ जिंगडवा बेलबिछवाका शेख सुखाडीका छोरा २७ वर्षीय दिलसाद आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

गौर नगरपालिका-४ बसपार्क नजिकैको सडकबाट परोह नगरपालिका-१ जिँगडवा वेलविछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम सोमबार पक्राउ परेका हुन् ।

रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रुपैयाँ बरामद भएको छ । रु. १ हजार दरका १८१०, रु. ५ सय दरका ४८०, रु. १ सय दरका ३००, रु. ५० दरका १८००, रु. २० दरका ९०१ र रु. १० दरका २०० वटा नोट बरामद भएको श्रेष्ठले बताए ।मोहमद दिलसाद आलमको नाममा ३१ लाख १६ हजार उल्लेख भएको चेकसमेत बरामद भएको उनले बताए ।

पक्राउ परेका आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको श्रेषठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *