भागरथी हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न नागरिक समाज तथा सरोकारवालाहरुको माग

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ २७ गते।

भागरथी हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न  सुदूरपश्चिमका विभिन्न संघसंस्था, नागरिक समाज तथा सरोकारवालाहरुले माग गरेको छन्।

उनीहरूले घटनाको गहन अध्ययन गरि दोषीलाई कानुनी दायरामा ल्याउन र कानूनअनुसार कडा कारवाही गर्न सरकारसँग माग गरेका हुन्। 

इन्सेकका प्रदेश संयोजक खडकराज जोशी, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठक, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, मानवअधिकार संरक्षण मञ्चका प्रदेश अध्यक्ष डिल्लीराज जोशी, एडजसका चित्रा पनेरु, दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुगेल, शिक्षा अधिकार अनुगमन समूह, सुदुरपश्चिम प्रदेश समिति संयोजक शेरबहादुर बस्नेत, फाया नेपालका अध्यक्ष लोकराज भट्ट, अधिवक्ता हिमालय विक्रम विष्ट, सामाजिक विकास तथा जागरण मञ्च नेपालका अध्यक्ष राजेन्द्र रैकाद्वारा जारी विज्ञप्तीमा आम नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न समेत माग गरिएको छ।

भागरथी भट्टको शव गत बिहिबार बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *