सिरहाको भन्सार गेटबाट अवैध औषधिसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी सिरहा,समाचारदाता,फागुन १४ गते।

सिरहाको भन्सार गेटबाट अवैध औषधिसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

आज सशस्त्र प्रहरीले चेकजाँचका क्रममा ५० हजार रुपैयाँ बराबरको अवैध औषधिसहित मन्सुरलाई पक्राउ गरेको हो ।

नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले प्रदेश २–०२ ०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला मन्सुरको साथमा औषधि फेला परेको जनाइएको छ । सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ ।

पक्राउ परेका मनसुरलाई बरामद औषधि र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *