अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,फागुन २४ गते।
कटुवा पेस्तोल सहित २ युवक सप्तरीको राजविराजबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्रकुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साह छन्।
बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।