अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २४ गते।
लागूऔषध गाँजासहित दुईजना मकवानपुरको थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१९ बस्ने ३४ वर्षीय सोमलाल ब्लोन र हेटौंडा-१९ का ३५ वर्षीय सोमलाल ब्लोन रहेका छन् ।
ना२ ह १८८३ नम्बरको अटो नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको चेकजाँच गर्ने क्रममा ९ केजी ६ सय ग्राम गाँजासहित उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षकले जानकारी दिए । ३४ वर्षीय सोमलाल अटोचालक हुन् भने ३५ वर्षीय सोमलाल अटोमा सवार व्यक्ति हुन् ।
अटोसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।