कैलालीमा एमालेका दुई समूहबीच झडप

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन २६ गते।

धनगढीस्थित सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा नेकपा एमालेका माधव नेपाल र केपी ओली पक्षका कार्यकर्ता बीच झडप भएको छ। 

पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए ।

उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन् ।

नेमप्लेट हटाएपछि झडप भएको हो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको समेत भएको छ ।

झडपका क्रममा प्रहरीले माधव समूहका एक नेतालाई नियन्त्रणका लिएको छ भने पार्टी कार्यालयमा डिएसपीको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *