सुनसरीबाट भरुवा बन्दुकसहित एक युवा पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,फागुन २८ गते।

सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित सप्तकोशी नदी नजिकबाट भरुवा बन्दुकसहित एक युवालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

बिहीबार अपरान्ह ३ बजेको समयमा शसस्त्र प्रहरी बल सुरक्षा बेस चतराले भरुवा बन्दुकसहित बेलका नगरपालिका वडा नं ९ बस्ने २२ वर्षीय सुमन राईलाई पक्राउ गरेको शसस्त्र प्रहरीले जानकारी दिए । 

बन्दुकसहित फेला परेका राईलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय चतरा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *