अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २९ गते।
काठमाडौंबाट २ किलो ५ सय ग्राम युरेनियमसहित ४ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका- ६ बौद्ध टुसालबाट युरेनियमसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षकले जानकारी दिए।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी-५ बस्ने ४० वर्षीय नारायणसिंह तामाङ, बौद्ध बस्ने ४० वर्षीय जानुका तामाङ, रामेछापका २० वर्षीय प्रकाश चौहान र सिन्धुली बस्ने २० वर्षीय मनोज नेउपाने छन्।
युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको उनले बताए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।