कैलालीबाट ५५ हजार बढी मूल्य बराबरको अवैध सामान बरामद

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन २९ गते।

प्रहरीले कैलालीको टीकापुरबाट ५५ हजार बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। 

टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा न.७ दिव्यपुरस्थित खाली कच्ची घरको पछाडि अवैध रुपमा भन्सार छली ल्याएको सामान बरामद गरेको हो।

टीकापुरका प्रहरीका बेवारिसे अवस्थामा राखिएको अन्दाजी. २१ हजार बराबरको पवन सुर्ती ३ सय पोका, अन्दाजी.२८ हजार ८ सय मूल्य बराबरको २४० केजी प्लाष्टिक झिल्ली, अन्दाजी ४ हजार ८ सय मूल्य बराबरको डवल स्क्रिन टफि ८० पोका र करिब ६ सय रुपैयाँ बराबरको पतञ्जलि टफि १५ पिस बरामद गरेको हो।

बरामद गरिएको सो सामान शुक्रबार नै सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *