अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत ९ गते।
१५ किलो लागुऔषध गाँजासहित सर्लाहीबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार तीन जनालाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीय अटो चालक ४५ वर्षीय पुस्पबहादुर फुयाँल, ४० वर्षीय सुरेन् कुमार बल र वडानम्बर १४ निवासी ४१ वर्षीय पाल्साङ पाखि्रङ छन् ।
अटोमा राखिएको तीनवटा जेब्रा झोलाभित्र १५ किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
पक्राउ परेका बलको साथबाट नगद २५ हजारसमेत बरामद भएको उनले बताए ।
अटो, गाँजासहित तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।