अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,चैत १० गते।
बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन्।
प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय लम्की घेराउ गर्न खोज्दा भिडलाई तितरबितर गर्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षकले बताए। गोली प्रहारबाट २ जना प्रदर्शनकारी घाइते भएको उनले बताए।
घाइते दुवैजना थप उपचारका लागि कोहलपुर अस्पताल रेफर भएका छन्। उनीहरु मध्ये एक जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक थापाले बताए।