सप्तरीबाट बिभिन्न किसिमको लागूऔषधसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी सप्तरी,समाचारदाता,चैत ११ गते।

सशस्त्र प्रहरीले सप्तरीबाट बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट लागु्औषध लिएर पैदल आउँदै गरेका सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २२ वर्षीय राजु सरदारलाई पक्राउ गरिएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षकले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका सरदारलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *