अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,चैत ११ गते।
कोरोना संक्रमणको संभावित जोखिम बढ्ने निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक सूचना जारी गर्दै कोभिडको प्रकोप थप सक्रिय भएकाले सचेत रहन अपिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पछिल्लो केही दिनयता कोभिड १९ का बिरामी बढेको भन्दै सचेत रहन सूचना जारी गरेको छ ।
नजिकिदैँ गरेको होली पर्वमा समेत भीड नगर्न प्रशासनले सूचना जारी गरेको छ । सूचनामा, फागु पुर्णिामा अर्थात् होलीमा भीडबाट जोगिने, जमघट नगर्ने, सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्न भनिएको छ ।
त्यस्तै, स्थानीय तहले पहिले सन्चालनमा ल्याएका आइसोलेसन र क्वारेन्टिन तयारी अवस्थामा राख्न समेत प्रशासनले निर्देशन दिएको छ ।