स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव”कोरोना भाइरसको जोखिम बढ्दै गएमा पुनः लकडाउन हुनसक्छ”

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १२ गते।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढे पुनः लकडाउन हुने जनाएको छ ।

‘लकडाउन गर्नु नेपाल सरकारको उद्देश्य र चाहना होइन’, बुधबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, ‘संक्रमणको संख्या उच्च भए परिस्थिति हेरेर सरकारले नीतिगत निर्णय गरी संक्रमणको चक्र रोक्नु पर्ने हुन्छ ।’

उहाँले मानिसहरुले कोरोना भाइरसबाट सजग नभएका कारणले कोरोना भाइरसको संक्रमण बढेको बताउनुभयो ।

समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’

‘अनावश्यक भिडभाड, मास्कको उचित प्रयोग नगर्नु, भेटघाट तथा गोष्ठीको आयोजना गर्नु, कोरोना महामारी बृद्धि हुनुको मुख्य कारण हो।’ – उहाँले भन्नुभयो ।

भारतमा कोरोना भाइरस तीव्र रुपमा बृद्धि भएका कारण नेपालमा पनि सजग बन्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतबाट नेपाल पर्किनेको संख्या पनि उच्च रहेका कारण स्वास्थ्य मन्त्रालयले आवश्यक सतर्कता अपनाउने पनि जनाएको छ ।

सीमा नाकामा हेल्थ डेस्कमा सक्रिया बनाई मास्क बितरण तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्धता गराउने व्यवस्था मिलाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *