अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,चैत २३ गते।
लागुऔषध गाँजा सहित मोरंगबाट एकजना पक्राउ परेका छन ।
उर्लाबारी–३ थापा चौक स्थितमा बस्ने ३८ बर्षीय प्रेम धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ के.जी. भन्दा बढि गाँजा सहित पक्राउ गरेको हो ।
धिमालले घरमा गाँजा लुकाई राखेको भन्ने बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १र१ के।जी।को ४ पोका र खुल्ला अबस्थामा रहेको ८०० ग्राम गाँजा फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उनिमाथि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।