धनुषामा ३ वटा घरमा चोरी गर्दै गर्दा एक जना चोर स्थानीयहरुद्धारा पक्राउ

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत ३१ गते।

धनुषाको मिथिला नगरपालिका–२ स्थित नक्टाझिजमा गएराति ३ वटा घरमा चोरी गर्दै गर्दा स्थानीयहरुले एक जना चोरलाई समातेको छ ।

चोरले ३ जनाको घरमा घरको भित्ता काटेर चोरी गरेको स्थानीयले बताएका छन् ।

चोरले विश्वकर्माचौक स्थित स्थानीय ओपेन्द्र महतो, बम राय र स्वास्थ्य चौक नजिक भगलु महतोको घरमा घरको भित्ता (सईन) काटेर चोरी गरेको हो ।

चोरी गर्दे गर्दा भगलु महतोको घरमा एक चोर समातिएको छ ।

चोरलाई राति नै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरेको जिम्मा लगाएको स्थानीयहरुले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले चोरको विषयमा अनुसन्धान भईरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *