अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,बैसाख १ गते।
इस्लाम धर्माबलम्वीहरुको सबैभन्दा ठुलो तथा महत्वपुर्ण पर्व रमजान आजदेखि शुरु हुदै छ । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखे लगतै शुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ ।
रोजा व्रतमा बस्नेहरुले सुर्य उदाउनु भन्दा पुर्व र सुर्य अस्ताएपछि मात्र अन्न जल ग्रहण गर्छन् । इस्लामिक धर्मगुरुहरुका अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल) धार्मिक हिसावले राम्रो मानिन्छ । रमजान महिनामा इस्लामिक क्यालेण्डरको ९ औ महिना हो ।
यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्दछ ।