धनुषामा टिपर र बस एक आपसमा ठोक्किँदा १७ जना घाइते

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ५ गते।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ मा बस र टिपर एकापसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र विपरित दिशातर्फ आउँदै गरेको को १ ख ६६९१ नम्बरको बस शनिबार दिउँसो एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा ३० जना यात्रु सवारी थिए । जस मध्ये १ जना काठमाडौं बस्ने वर्ष ४२ को केशव संग्रौलाको अवस्था गम्भीर रहेको छ ।

अन्य १६ जनाको अवस्था समान्य रहेको र सबैको उपचार लालगढ स्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुबै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ । टिपर चालक दुर्घटना लगतै फरार रहेको र खोजी कार्य जारी रहेको डिएसपीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *