प्रदेश २ मा रामनवमीको अवसरमा भोलि सार्वजनिक विदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ७ गते।

प्रदेश २ मा रामनवमीको अवसरमा प्रदेश २ सरकारले भोलि सार्वजनिक विदा दिईएको छ ।

रामनवमीको अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिएको जानकारी गराएका छन् ।

कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्न पनि प्रदेशवासीसँग मुख्यमन्त्री राउतले अनुरोध गरेका छन् ।
रामनवमीको अवसरमा भव्य कार्यक्रम हुने जनकपुरस्थित राम मन्दिर र जानकी मन्दिरमा पछिल्ला २ वर्षमा कोरोना कहरको प्रभाव परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *