बागलुङ नगरपालिका स्थित ३ वटा वडामा दश दिन निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ८ गते।

बागलुङ नगरपालिका स्थित वडा नम्बर १२, १३ र १४ मा दश दिन निषेधाज्ञा जारी गरिएको छ ।  मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि वैशाख १७ सम्म दश दिन निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जारी गरेको सूचना अनुसार साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविस क्षेत्रमा निषेधाज्ञा गरिएको छ । 

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका बस्तु तथा सेवा बन्द हुन्छ । प्रशासनको अनुमति विना सार्वजनिक ठाउँमा भेला जम्मा निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *