अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १४ गते।
आज पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा थप ४५२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या तीन लाख सात हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ७८ हजार ५०६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।