कोरोना संक्रमणबाट गम्भीर बनेकी पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १७ गते।

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

भारतको कुम्भ मेलाबाट फर्किएलगत्तै पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमल पनि कोरोना संक्रमित भएकी थिइन् । अवस्था गम्भीर बनेपछि उनलाई आईसीयूमा राखेर अक्सिजन दिइएको थियो। अस्पतालका अनुसार प्रतिमिनेट १० किलो अक्सिजन दिनुपरेको थियो ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *