अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता,बैसाख २२ गते।
पोखरामा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–११ क ५० वर्षीय पुरुषको हिजो बेलुका पौने १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको हो । उहाँलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाको जलजला गाँउपालिका–७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो बेलुका सवा ८ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । उहाँलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
थप २ जनाको मृत्यु पश्चात गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३७ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।