आज थपिए ९ हजार ७० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८०पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २३ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९ हजार ७० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ३ लाख ६८ हजार ५८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या २ लाख ९२ हजार ४९० जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *