भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा अवतरण

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २४ गते।

भारतको नागपुरबाट बिरामी बोकेर उड्दाउड्दै पाङ्ग्रा खसेको एक एअर एम्बुलेन्स गएराति मुम्बईमा सकुशल अवतरण भएको छ ।

एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए ।

स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।

आकस्मिक अवतरण गरेको जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम राखिएको थियो । पाइलट र बिरामी सुरक्षित छन् ।

यस घटनाका कारण केही घण्टा विमानस्थलको उडान बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *