अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २४ गते।
आज बिहान गुल्मीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
मुसिकोट नगरपालिका ४ दजाकोटकी १८ वर्षीय करिश्मा गाहको जिल्ला अस्पताल तम्घासमा बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर घाइते हुनेहरुमा ६३ वर्षका उजुर सिंह गाहा, ६२ वर्षकी तथीकला गाहा, ३७ वर्षको तुल बहादुर गाहा, ३२ वर्षकी जुनि गाहा, वर्ष १४ वर्षकी मेलिना गाहा, ८ वर्षको जोनित गाहा, ३३ वर्षका चित्र बहादुर गाहा, २८ वर्षकी ज्योतिकला घर्ति गाहा रहेको (डिएसपी) पाण्डेले बताए । घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।