आजदेखि सर्लाही जिल्ला भरि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २५ गते।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले सर्लाही जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले जिल्लाभरी शनिबार राति १२ बजेदेखि आउँदो शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए ।

निषेधाज्ञा अवधिमा सार्वजनिक यातायात, निजी सवारी साधनमा रोक लगाइएको छ । यस अवधिमा एम्बुलेन्स, शववाहन, खाद्यसामग्रीको ढुवानी गर्ने सवारी साधन, सरकारी नम्बर प्लेटको सवारी साधन, झण्डाबाहक सवारी, कुटनीतिक नियोगको सवारी, प्रेस पास प्राप्त सवारी साधन मात्र चलाउन पाउने भएका छन् ।

बैठकले निषेधाज्ञाको अवधिमा रेष्टुरेन्ट, ब्यूटीपार्लर, कपडा पसल, शैलुन, जिमखाना, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल, शैक्षिक संस्था, ट्युसन सेन्टर र अन्य सबै पसल खोल्नमा रोक लगाएको छ । त्यस्तै अत्यावश्यक सार्वजनिक सेवा, बैँक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसल, पेट्रोल पम्प खोल्न दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *