अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ३१ गते।
रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ ।
डिसिएमसीको बिहीबार बसेको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको हो । यसअघि पहिलोपटक जारी भएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिँदैछ ।
कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको समेत उनले बताए ।