कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३ गते।

कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। 

जिल्लाको पुनरवास नगरपालिका ११ डोकेबजार बस्ने १९ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन् ।

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० पहाडी टोल सीमा ईलाकामा भारतबाट नेपाल तर्फ आइरहेको से ३ प २५६२ नम्बरको मोटरसाइकल सहित चौधरीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐर  जानकारी ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडाबाट सहायक प्रहरी निरीक्षक गोबिन्द सिंह थापाको कमाण्मा खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनको साथबाट ८ ग्राम खैरो हिरोईन, १ थान मोवाइल, १४५५ नगद रुपैँया, लाईटर र  धारीलो हतीयार हँसिया बरामद गरि आवश्यक कारवाहिका  ईलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *