ललितपुरबाट स्यानिटाइजर कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २२ गते।

ललितपुरबाट स्यानिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका वडा नम्बर १४ घर भइ महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका वडा नम्बर ५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा छन्।

उनीहरूले मापदण्ड विपरीत स्यानिटाइजर बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षकले जानकारी दिए।

उनीहरूमाथि प्रहरीले कालो बजार तथा सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *