मकवानपुरबाट कन्टेनरमा लुकाएर लैजाँदै गरेको साढे ९६ किलो गाँजासहित पाँच जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २  गते।

मकवानपुरबाट कन्टेनरमा लुकाएर लैजाँदै गरेको साढे ९६ किलो गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कन्टेनरका चालक मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान र सो कन्टेनरमा सवार कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई, सोही स्थान बस्ने बर्ष २९ का रोशन मोक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेको प्रहरीले जनाएको छ ।

चालक, सहचालक र सवार व्यक्तिलाई प्रहरीले मंगलबार राति १० बजे ना२ख ५५७९ नम्बरको कन्टेनरसहित हेटौडा-१० भुटनदेवीबाट पक्राउ गरेको थियो। पक्राउ परेकाको वयानका आधारमा गाँजा कारोबारमा संलग्न अन्य तीन जनालाई बुधबार बिहान पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षकले बताए।

हेटौडा-११ थानाभर्‍याङमा कन्टेनर रोक्न खोज्दा भागेपछि प्रहरीले पिछा गरेर नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *