अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १० गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ४७४जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख ५९ हजार ३६५पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म निको हुनेको संख्या ५ लाख ७० हजार ५९८जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप २४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।