रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा बिथोल्न खोजेपछि झडप

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १० गते।

रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ।

बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास प्रहार गरेको रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रुपमा थिए । पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छाडेर केही समयअघि मात्रै एमाले प्रवेश गरेका हुन् ।

तनावकाबीच मौलापुर नगरपालिकाले आफ्नो पाचौं नगरसभा भने सम्पन्न गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *