राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १० गते।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगहरू तथा न्याय परिषदमा नियुक्ति गरेकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगलगायतका विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गर्नुभएको छ ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २४२ को उपधारा (२) अनुसार लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मीलाई नियुक्त गर्नुभएको छ । त्यस्तै, सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारीलाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रपति भण्डारीले संविधानको धारा २३८ को उपधारा (२) अनुसार अख्तियार दुरुपयोग अनुसन्धान अयोगको आयुक्तहरुमा हरि पौडेल र सुमित्रा श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *