आजको मौसमको पुर्वा अनुमान, हल्का देखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,असार १३ गते।

आज मनसुन सक्रिय रहने र देशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा पर्ने मौसमविद्हरुले बताएका छन्।

आज दिन भर देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

   प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

आज बेलुकी पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १ र  बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *