लागुऔषधसहित कैलालीमा २ जना पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,असार १९ गते।

लागुऔषधसहित कैलालीमा २ जना पक्राउ परेका छन्

टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका ३ रामपुरस्थित सडकखण्डमा टीकापुर नगरपालिका ६ भर्तापुरका २५ वर्षीय दिलिप राईलाई पक्राउ गरेको हो। उनको साथबाट १० ट्याब्लेटको नाईट्राभेट ६० थान र १६ थान स्पास्प्रोक्स बरामद गरिएको छ।

त्यस्तै उनीविरूद्ध थप अनुसन्धान गर्दा उक्त लागुऔषध टीकापुर नगरपालिका ६ भर्तापुरस्थित औषधी पसलबाट ल्याएको भन्ने पुष्टि भएपछि औषधी पसलमा खानतलासी गर्दा चाउचाउको पेटी भित्र लुकाईछिपाई राखेको अवस्थामा १० ट्याब्लेटको नाईट्राभेट ६०० थान ९६ थान स्पास्प्रोक्स फेला पारेको प्रहरीले जनाएको छ।

औषधी पसलकासञ्चालक सुमन चौधरी र दिलिप राई दुवैलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *