पोखराबाट लागुऔषध गाँजासहित दुई व्यक्ति पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार १९ गते।

लागुऔषध गाँजासहित पोखरा महानगरपालिका–११ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा –११ रामघाट बस्ने वर्ष २९ का विकास नेपाली र रामेछाप रामपुर गाउँपालिका –५ घर भइ हाल पोखरा –५ जिरो किमी बस्ने वर्ष ३३ का चन्द्र बहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरीको टोलीले मोटरसाइकलसहित दुई जनालाई खैरो रङको झोलाभित्र लुकाई राखेको ५३५ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध लागु औषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *