अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असार २१ गते।
जी.पी कोईराला फाउण्डेशन पर्साले नेपालका पुर्व प्रधानमन्त्रि स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
GP कोईराला फाउण्डेशन पर्सा द्वारा स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष मोहम्मद साहबुदिन्ले बताएका छन ।
वीरगंज शाखामा रगतको अभाव भएकोले G p कोइरा फाउन्डेसनले जन्मोत्सवको अवसर मा अकास्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ ।

कार्यक्रमको अध्यक्षता मोहमद साहबुदिन्ले गरेका थिए भने प्रमुख अतिथि वीरगंज महानगरपालिकाको उप प्रमुख शान्ति कार्कीले सो कार्यक्रमको उद्घाघाटन गर्नु भएको थियो ।
कार्यक्रममा एक महिला सहित ६० जनाले रक्तदान गरेका कार्यक्रमका अध्यक्षले बताए ।
अतिथिमा नेपाली काग्रेंस पर्साका उपसभापति दिना प्रसाद गुप्ता,प्रकास उपाध्याय,वीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष ध्रुव नेपाल,श्याम कुमार पोख्रेल,नरेन्द्र साह,विजय पौडेलको आतिथ्यमा फाउण्डेशनका सन्तोष सिहं, दिलिपराज कार्की,जितेन्द्र सिहं,मेहबुब अली (शेरु) हाजी शोहेल अख्तर अंसारी,हुकुम सिहं,शेख नेजामुदिन , भैयाराम पटेल,पुरुषोतम दुवे, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।