दमकबाट ९ जना जुवाडे पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २ गते।

दमकबाट ९ जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राईसहित, दिनेश अधिकारी, इन्दुकुमार राजवंशी, विक्रम गुरुङ, निर्मल थापा, रामबहादुर धिमाल. राजन दाहाल, अंकित कार्की, जंगा पाठक, मिलन राई र विजय सिंह छन्।

इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट शुक्रबार साँझ ९ जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई दुई लाख ८ हजार ९५ रूपैयाँ नगद र १६ थान कौडासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षकले बताए।

पक्राउ परेकालाई शुक्रबार साँझबाटै हिरासतमा राखेर कारबाही थालिएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *