गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १३ गते।

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।

घटनास्थल जाँदै गरेका एक प्रहरीले दिएको जानकारी अनुसार जीप सवा ११ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त जीप रोडबाट करिब ४ सय मिटर तल खसेको छ ।

उद्धार गर्न घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *