अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन २४ गते।
प्रदेश २ सरकारले छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य स्थगित गरेको छ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै साइकल वितरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ ।
अधिक विद्यालयबाट साइकल माग गर्दै निवेदन आएको र निवेदन सम्बन्धि कागजातहरु रुजु गर्न समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो कार्य स्थगित गरिएको सूचनामा जनाइएको छ ।
‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश-२ सरकारले सामुदायिक विद्यालयको कक्षा-८ मा अध्ययन गर्ने छात्रालाई साइकल बितरण गर्दै आएको थियो ।
प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीको बीमा गर्ने कार्य शुरु गरेपनि पछिल्लो बर्षदेखि यो कार्य पनि बन्द भएको छ ।