आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाईदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २५ गते।

आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाईदै छ ।

मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।

कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई सोमबारदेखि यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले बताएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिएको छ । 

दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ।

मन्त्रालयले प्रदेश र सबै जिल्लामा खोप लगाउने व्यवस्था गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *