अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन २७ गते।
अधिकृत सातौँ तहको दरखास्त प्रदेश २ लोकसेवा आयोगले स्थगित गरेको छ ।
असार ३१ गते प्रकाशित विज्ञापन मध्ये प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृत सातौँ तहको रिक्त पदपूर्तिका लागि प्रकाशित बढुवा सूचना नं। ८०र०७७–०७८ को विज्ञापनमा दरखास्त सङ्कलनको कार्य स्थगित गरेको हो ।

सर्वोच्च अदालतबाट साउन २० मा भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको मङ्गलवारको निर्णयबाट बढुवा सूचनामा दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगन भएको आयोगले जनाएको छ ।