वीरगञ्जमा सर्वोत्तम स्टील उद्योगमा भट्टी पड्केर विस्फोट हुँदा ११ जना कर्मचारी घाइते

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,भदौ १० गते।

वीरगञ्जमा सर्वोत्तम स्टील उद्योगमा भट्टी पड्केर विस्फोट हुँदा ११ जना कर्मचारी घाइते भएका छन् ।

बिहीबार दिउँसो वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधीन अवस्थामा रहेको उद्योगमा रहेको फोहोर तथा कचरामा रहेको फलाम गलाउने भट्टी पड्किएर आगलगी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।

आगलागीमा परेर ११ जना कामदार घाइते भएको उनले बताए । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर छ । आगलागीमा परेर घाइते भएका सबैको उपचार वीरगन्जस्थित वयोधा अस्पतालमा भइरहेको छ ।

आगलागी भएपछि तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोली, वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट उद्योगमा भएको भौतिक क्षतिको विवरण यकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *