अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,भदौ १२ गते।
पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईनार्वा चौकीले वीरगंज भन्सार कार्यालय नजिक रहेको शंकरअचार्या गेटमा खटिएको नियमित चेकिङ्ग टोली भारतवाट वीरगंजतर्फ आउदै गरेको ना ८ प १८७ नम्बरको हिरो स्पेलन्डर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ६ लाख स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
स्रोत नखुलेको रकम सहित वीरगंज महानगरपालिका वडा नम्बर १ बस्ने वर्षा ६० को स्वामिनाथ प्रसाद साह तेलीलाई पक्राउ गरेको छ।
पक्राउ परेको तेलीलाई बैक तथा वित्तीय सस्था ऐन २०७३विरुद्ध कसूर मुद्दा चलाउने तयारी भईरहेको पर्सा प्रहरीले जनाएको छ।