अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २१ गते।
गए रातिदेखि अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ।
रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षकले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो।
उनका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।
डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।