सरकारले पाँच लाख गरिबलाई १० हजारका दरले रकम दिने घोषणा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २५ गते।

१० हजारका दरले सरकारले पाँच लाख गरिबलाई रकम दिने घोषणा गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रतिस्थापन विधेयक पेश गर्दै कोरोना महामारीलगायतले काम गुमाएका गरिब परिवारलाई १० हजारका दरले रकम दिने घोषणा गरेका हुन्।

अनौपचारिक तथा असंगठित क्षेत्रका गरिब र विपन्नलाई एक पटकका लागि प्रति परिवार १० हजारका दरले अनुदान रकम दिने घोषणा सरकारले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *